यात्रुको गुनासोपछि फेरिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको रूपमा अपेक्षित जिम्मेवारी सम्हाल्न नसकेको आरोप खेपेका प्रतापबाबु तिवारीलाई तालिम केन्द्र तानिएको छ ।
नागरिक उडड्यान प्राधिकरणको मुहारको रूपमा चिनिने विमानस्थल प्रमुखको रूपमा रहँदा तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीको कार्यकालमा सुरु भएको बुटिक एयरपोर्टको कामलाई गति दिन नसकेको, यात्रुहरूको भीड व्यवस्थापन गर्न नसकेको, आफूभन्दा वरिष्ठलाई पाखा लगाएर महानिर्देशक बन्ने दौडमा आर्थिक चलखेल गरेको, विमानस्थलभित्र गर्नुपर्ने पिसिआर परीक्षणबापत कमिसन लिएर यात्रुलाई सास्ती दिएको लगायत आरोप तिवारीमाथि लाग्दै आएको थियो ।
सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत उनको तिब्र आलोचना भएपछि प्राधिकरणले तिवारीलाई हटाएर भोला प्रसाद गुरागाईँलाई महाप्रबन्धकमा नियुक्त गरेको छ ।
केहिदिनअघि मात्रै प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका राजकुमार क्षेत्रीले कर्मचारीबिच व्यवस्थापन गरेर सहज काम गर्नका लागि तत्काल सरुवा गर्ने मनस्थिति नबनाए पनि सामाजिक सञ्जालमा विमानस्थलमा प्रमुखको भूमिकाबारे चर्को आलोचना भएपछि विभागीय मन्त्री प्रेम आलेले समेत बारम्बार विमानस्थल छड्के गर्न  पुगेर विमानस्थलमा यात्रुलाई सहज, विवादरहित सेवा प्रदान गर्न आवस्याक परे नेतृत्व परिवर्तन  गर्न समेत सुझाएका थिए ।
महाप्रबन्धकमा रूपमा नवनियुक्त १२ औं तहका उपमहानिर्देशक गुरागाईँ यस अघि नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमै रहेका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार