केपी ओली नेतृत्वको सरकारमा सबै भन्दा बढी भ्रष्टाचार भयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबै भन्दा बढी भ्रष्टाचार भएको बताएका छन् ।

समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेसम्मका सरकारहरुमध्य एमाले अध्यक्ष ओली सरकारको पालामा सबै भन्दा बढी भ्रष्टाचार भएको आरोप लगाए । उनले भ्रष्टाचार गर्दिन भन्ने ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको बताएका छन् ।

अध्यक्ष नेपालले हचुवाको भरमा जथाभाबी विमानस्थल र हेलिप्याड निर्माण गरेर बजेट खर्च भएको बताउँदै आफू उक्त कुराको विरोधी भएको र पर्यटनमन्त्रीलाई यस्ता कुरामा ध्यान दिन आफूले निर्देशन गरेको बताए ।

कार्यक्रममा श्रम मन्त्री किसान श्रेष्ठले सरकारले सकेसम्म नेपालीलाई स्वदेशमै रोजगारी दिने गरेर सरकार लागिपरेको बताउँदै वैदेशिक रोजगारमा जानुपर्दा लेबरमा मात्रै नभएर दक्ष जनशक्ति पठाउनेबारे छलफल भइरहेको जानकारी दिएका छन् ।

उनले जनताले दिएको मतको नेकपा एमालेले इज्जत गरेको भए अहिले यो अवस्थामा नेकपा एमाले नपुग्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार