थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ रहेको छ भने निको हुने दर ९७.४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार