सिद्धार्थ शुक्लाको स्मृतिमा सेहनाजको गीत

बिग बोसको १३औं सिजनको विजेता बनेपछि सिद्धार्थ शुक्ला लोकप्रिय भए । उनलाई मन पराउनेको संख्यामा वृद्धि भयो ।

सिद्धार्थसँगै सेहनाज गिल पनि दर्शकको प्रिय बनिन् । दर्शकले यी दुईलाई ‘सिडनाज’ भनेर सम्बोधन गर्न थाले । बिस्तारै दर्शकमाझ आफ्नो लोकप्रियतालाई बढाइरहेका सिद्धार्थको गत २ सेप्टेम्बरमा हृदयघातका कारण निधन भयो । यसले सेहनाजसँगै यी दुईलाई रुचाउनेको मन पनि टुट्यो ।

करिब ४० वर्षको उमेरमा संसारबाट विदा भएका सिद्धार्थलाई श्रद्धाञ्जली दिँदै सेहनाजले एक गीत सार्वजनिक गरेकी छिन् । ‘तु यहीँ है’ बोलको गीतमा सेहनाजकै स्वर सुन्न सकिन्छ भने यसमा शब्द र संगीत राज रन्जोधको छ । गीतको भिडियोमा सेहनाजले सिद्धार्थसँग बिताएको पललाई देखाइएको छ ।

भिडियोमा सिड्नाजको अन्सिन मोमेन्ट, रमाइलो पल, माया र क्रोधलाई समेटिएको छ । बिग बोसको घरमा बिताएका पललाई फिचर्ड गरिएको भिडियोमा सिद्धार्थ आफूसँगै रहेको भाव सेहनाजले व्यक्त गरेकी छन् । १९८० मा जन्मेका सिद्धार्थ हिन्दी फिल्म हम्प्टी शर्माकी दुल्हनियाँ र बालिका वधु नामक टेलिभिजन धारावाहिकमा उनले शिवराजको भूमिका निभाएर दर्शमाझ लोकप्रिय भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार