प्रभु साहले बनाए दुई जनालाई केन्द्रीय सदस्य, ओलीबाट शपथ ग्रहण

माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् । आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

त्यस्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पार्टी कमजोर छ भन्ने भ्रम पर्न दिन नहुने बताएका छन् । शुक्रबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले जनताको भरोसा एमालेप्रति नै रहेको दावी गरे ।

‘आम जनताको हामीप्रति माया, विश्वास र भरोसा छ,’ ओलीको जोड छ, ‘नेकपा एमालेले केही गर्छ र अरुले केही गर्दैनन् भन्ने विश्वास आम जनतामा छ । जनतामा एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिनु हुँदैन ।’

विपक्षीले भ्रम पार्न खोजेको भए पनि त्यसलाई चिर्ने गरी अगाडि बढ्न ओलीले निर्देशन दिए । उनले भने, ‘विपक्षीहरूमा पनि कुनै भ्रम छ भने, भ्रममा पार्न खोजेको छ भने ती प्रयासहरुलाई पनि पराजित गर्ने गरी बढ्न जरुरी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार