थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ४ सय ९० जना र २ हजार ६ सय १ एन्टीजेन परिक्षणका क्रममा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ३ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ८८ संक्रमितको ज्यान गएको छ ।

त्यस्तै थप ५ सय ६९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९० हजार ३ सय ५८ जना निको भएका छन् । हाल नेपालमा १० हजार १ सय ५१ सक्रिय संक्रमित आइशोलेशन र २ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार