इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दायर

इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कृष्ण प्रसाईंसहितका अधिवक्ताहरुले शुक्रबार रिट दायर गरेका हुन् ।

न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित भएको भन्दै परमादेश जारी गर्न माग गरिएको हो । रिटमा आजबाटै स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।

‘सर्वसाधारणको बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दामा तत्काल सुनुवाई हुन पर्ने संविधानको धारा २० समेत बमोजिमको न्याय सम्बन्धी हक उल्लंघन हुन गएको कारण यसबीचमा केही माननीय न्यायाधीशहरु बिदामा बस्नु भएको भन्ने जानकारी आएकाको’ भन्दै सो रिटमा भनिएको छ, ‘विपक्षी माननीय न्यायाधीशज्यूहरुका नाममा आजैको मितिदेखि संविधानको धारा १३३ (२), (३) बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने व्यहोराको परमादेश जारी गरिपाउँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार