काठमाडौं विश्व विद्यालयमा अनलाइन कक्षा शुरु

कोरोना संक्रमण तीव्र रूपले बढेको भन्दै काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन कक्षा शुरु गरेको जानकारी गराएको छ ।

विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण भौतिक रुपमा उपस्थित भइ नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरणका लागि अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालयले बिहीबारदेखि आगामी २०७८ वैशाख मसान्तसम्म स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।

सो अवधिमा स्कुल तथा विभागीय प्रशासनहरु सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम गर्न सकिने सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार