डिसहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा विस्तार

देशको विभिन्न स्थानमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैंडाकोटमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले बताए ।

नेपालका प्रमुख सहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा पनौती, पोखरा र बिराटनगर  लगायत अन्य स्थानमा पुगिसकेको छ । छिट्टै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ ।

अब ग्राहकहरूलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिसहोम फाइबरनेटले प्रदान गर्ने भएको छ ।  ग्राहकहरूले मासिक मात्र ८ सय ९९ मा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् ।

अहिले नेपालीहरूको घर आँगनमा चाड पर्वको मौसम छाइसकेको छ, यो रमाइलो पर्वको मौसमा थप खुसियाली र उत्साह थप्न डिसहोम फाइवरनेटले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ । २०७८ असोज ११ गतेदेखि लागू हुने यो योजनाअन्तर्गत डिसहोम फाइवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट ‘लक्की ड्र’ मार्फत गरिनेछ । ‘लक्की ड्र’को प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमको अन्य च्यानलहरूमा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार