स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेसन्स लिगको उपाधि

युईएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरामगन गर्दै फ्रान्सले स्पेनलाई २-१ गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा केलिएन एम्बाप्पे र करिम बेन्जेमा नायक रहे । स्पेनको लागि माइकल ओयर्जबालले १ गोल गरे ।

खेलमा अग्रता भने स्पेनले बनायो । कप्तान सर्जीयो बुस्केटको पासमा ६४ मिनेटमा माइकलले सुरुवाती गोल गरे ।

खेलको ६६ मिनेटमा बेन्जेमाले एम्बाप्पेको पास सदुपयोग गर्दै गोल गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एम्बाप्पेले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।

यसअघि भएको पहिलो खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गर्‍यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार