थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

नेपालमा शुक्रबार थप १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ६६५ पीसीआर परिक्षणमा १ हजार ८६ र ३ हजार ७२० एन्टीजिन परिक्षणमा ४७२ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ७ लाख ४६ ५६६ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ ।

हाल नेपालमा देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११७ जनाको भेन्टिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार