इन्टर्नसीपको माग गर्दै चीनमा एमबीबीएस गरेका विद्यार्थीहरुको प्रदर्शन

चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले लामो समय भइसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्‍दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले चाँडै इन्टर्नसिप सकाइदिनु पर्ने माग राख्दै बिहीबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् । २०१४ ब्याचका १५६ जना विद्यार्थीहरु कोभिडका कारण इन्टर्नसिप पूरा नगरी नेपाल फर्केका थिए ।

चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शन उत्रिनु परेको उनीहरुले गुनासो गरेका छन् ।

उनीहरुले प्लेकार्डमा ‘इन्टर्नसीपमा किन ढिला सुस्ती ?, अझै कति पर्खिने ?, १२ दिन भनी १/२ महिना कुरायौ अब कति कुराउँछौं ?, स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ लगायतका नारासहित मंगलबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार