घनश्याम र सुरेन्द्र पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

नेकपा एमालेले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई चित्त बुझ्दो स्पष्टिकरण नदिएको भन्दै पार्टीबाट निलम्बन गरिसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विरोधि गतिविधी संचालन गरेको भन्दै उनीहरु चारै जनालाई स्पष्टिकरण मागेका थिए । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् ।

उनीहरूमाथि दोस्रोपटक सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार