विश्वकप छनोटमा जर्मनी नर्थ म्यासेडोनियासँग स्तब्ध

फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ ले स्तब्ध बनेको छ । विश्वकप छनोटमा जर्मनीको २० वर्षपछि पहिलो हार हो । यसका साथै विश्वकप छनोटमा जर्मनीको ३५ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

जर्मनीलाई स्तब्ध पार्न गोरान पान्डेभ र इल्जिफ इल्मासले गोल गरे । घरेलु टोलीका इल्केए गुन्डोगानले गोल गरेपनि हार टार्न सकेन । गोरन पान्डभले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै मेसेडोनियालाई पहिले अग्रता दिलाएका थिए । ६३औं मिनेटमा एल्के गुन्डाऊवनले जर्मनीका लागि पेनाल्टीमा बराबरी गोल फर्काए । एल्माले मेसेडोनियाका लागि ८५औं मिनेटमा निर्णायक गोल गर्नुअघि जर्मनीका टिमो वेर्नरले गोल गर्ने अवसर गुमाएका थिए ।

विश्वकप छनोटमा समूह जे मा जर्मनीको यो पहिलो हार हो र गोल व्यहोरेको पनि पहिलो खेल हो । २०१४ को च्याम्पियन जर्मनीले विश्वकप छनोटमा २० वर्षपछि पहिलो हार बेहोरेको हो । जर्मनी २००१ मा इंग्ल्यान्डसँग म्युनिखमा ५–१ ले पराजित भएको थियो । त्यसयताको विश्वकप छनोटको ३५ खेलमा जर्मनी अपराजित रहेको थियो ।

समूह जे ‘मा’ नर्थ मेसेडोनियाको यो दोस्रो जित हो । जितपछि तीन खेलबाट ६ अंकसहित मेसेडोनिया दोस्रो स्थानमा उक्लेको छ । जर्मनीको पनि समान ६ अंक भए पनि गोलअन्तरमा पछि छ । लगातार तीन खेल जित्दै ९ अंक जोडेको अर्मेनिया शीर्ष स्थानमा छ । अर्मेनियाले रोमानियालाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार