बुधबार थपिए ३ हजार ४०३ जना कोरोना संक्रमित, ४२ जनाको मृत्यु

नेपालमा बुधबार थप ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणका क्रममा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षणका क्रममा ७९० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना कोरोनामुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार