माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी, चुनाव चिन्ह किताब

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल समूहलाई नयाँ दल बनाउने बाटो खुलेको हो । अध्यादेशको व्यवस्थाअनुसार पार्टी विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा २० प्रतिशत संख्या पुर्‍याउनु पर्ने हुन्छ ।

लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् । माधव समूहले दर्ता गर्न लागेको दलको चुनाव चिन्ह ‘किताव’ हुने भएको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होलटमा जारी माधव समूहको बैठकका क्रममा संचारकर्मीसँग कुरा गर्दै नेता जगन्नाथ खतिवडाले पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ र चुनाव चिन्ह ‘किताब’ राख्ने निर्णय भएको जानकारी दिए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी एमाले संसदीय दलमा एक सय ५५ जना सांसद छन् । यीमध्ये प्रतिनिधि सभामा वरिष्ठ नेता नेपाल पक्षमा २२ जना सांसद छन् । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार