महोत्तरीबाट हराएका सात बालिका र किशोरी भारतमा भेटिए

महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका सात बालिका र किशोरी भारतमा फेला परेका छन् । उनीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए । उनका अनुसार सबै बालिका र किशोरी सकुशल छन् । उनीहरूलाई किन भारत लगियो भन्ने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार