मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् ।

माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् । गत पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै तीन जना मन्त्रीले राजीनामा दिएका थिए । जसमध्ये नेकपा माओवादीका २३ र नेकपा एमालेकै २२ जना सांसदहरु थिए । उनीहरूले त्यसबेला पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार