भोलि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

नेकपा एमाले स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ । पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरेको थियो ।  नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष ओलीलाई आइतबार सम्मको समयसिमा दिएको थियो। नेता नेपालले पनि हरेकजसो सार्वजनिक कार्यक्रममा आफू एकताकै पक्षमा रहेको जिकिर गर्दै आएका छन्। पार्टी एकतालाई मध्यनजर गर्दै बैठक सारिएको हुनसक्ने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार