कोरोना अपडेट: थप ३ हजार २१८ जनामा संक्रमण, १९ जनाको मृत्यु

नेपालमा शनिबार थप ३ हजार २१८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८६६ पिसिआर परिक्षणका क्रममा २ हजार २३१ र ४ हजार ७०७ एन्टीजेन परिक्षणका क्रममा ९८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनाबाट १९ जना मृत्यु भएसँगै १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छ । त्यस्तै थप १ हजार ७२२ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६७ हजार २७० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै अहिलेसम्म ३६ लाख ७४ हजार ७०१ वटा पिसिआर परिक्षण तथा ३ लाख ५२ हजार २५० वटा एन्टीजेन परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार