सांसद अपहरणबारे माओवादी केन्द्रले भन्यो – लज्जास्पद र आपराधिक घटना

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशकी सांसद विमला वलीको अपहरणका विषयमा ध्यानाकर्षण भएको भन्दै बैठकले घोर निन्दा गर्ने निर्णय गरेको छ । उक्त प्रकरण लोकतन्त्र, राजनीतिक, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठहर गर्दै  घटनाको निन्दा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी बताएका छन् ।

माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।’

यस्तै बैठक सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद दिँदै सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले साझा कार्यक्रमका बारेमा जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले  संविधान तथा कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले बताएका छन् ।  यस्तै प्रवक्ता श्रेष्ठले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । गठबन्धन सहभागी दलहरू पाउने मन्त्रालयको टुङ्गो भएपछि मात्र मन्त्री बन्नेको चयन गरिने उनले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार