नेपालमा शुक्रबार थप ३ हजार ७२९ जनामा कोरोना पुष्टि

मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा शुक्रबार थप ३ हजार ७२९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १८२ पिसिआर परिक्षणका क्रममा १ हजार २९९ र ९ हजार ४९३ एन्टीजेन परिक्षणका क्रममा २ हजार ४ सय ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार ५८९ पुग्यो ।

गएको २४ घण्टामा कोरोनाबाट २५ जना मृत्यु भएसँगै १० हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छ । त्यस्तै थप १ हजार ८८५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६५ हजार ५४८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै अहिलेसम्म ३६ लाख ६५ हजार ८३५ वटा पिसिआर परिक्षण तथा ३ लाख ४९ हजार ५४३ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार