नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको हो । गएको २४ घण्टामा कोरोनाबाट २५ जना मृत्यु भएसँगै १० हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १० हजार १९ जनाको कोरोका कारण मृत्यु भएको हो ।

यस्तै गएको २४ घण्टामा थप ३ हजार ७२९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार ५८९ पुग्यो । त्यस्तै थप १ हजार ८८५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६५ हजार ५४८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार