माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार अपराह्न ४ बजे बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुन सक्ने उनले बताए ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले आजै बिहान गठबन्धनका शीर्ष नेतालाई सरकार सञ्चालनबारे प्रतिवेदन बुझाएको थियो । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीबारे टुङ्गो लगाउने बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार