सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा

खाना खाने कुरामा मानिसहरुको आ(आफ्नै बानि हुन्छन् । कतिपय मानिसलाई साँझ नपर्दै खान मन पर्छ भने कतिलाई राति ढिलो खान मन लाग्छ । शरीरमा पनि यो बानिको असर परिरहेको हुन्छ ।

रातिमा खाएको खानाको असर निद्रामा समेत पर्छ । रातिमा सुत्नु अघि खाना खानु राम्रो कुरा होइन । यसको नकारात्मक असरले तपाइँलाई गहिरो निद्रा नपर्ने समस्या हुन्छ । धेरैजसो व्यक्तिहरुलाई बेलुका जंक फुड मात्रै होइन विभिन्न पोशक तत्व भएको हरियो सागसब्जी पनि खानु हुँदैन भन्ने थाहा नहुन सक्छ । सुत्नु अघि हरियो सागसब्जी खाँदा कतिपयलाई असहज महसुस गराउन सक्छ ।

सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा :

ब्रोकाउली र बन्दाकोबी – एक नयाँ अनुसन्धानअनुसार ब्रोकाउली र बन्दाकोबीमा भरपुर मात्रामा भिटामिन पाइन्छ । तर यसमा हुने अघुलनसिल फाइबरलाई पचाउन निकै समय लाग्ने गर्दछ र असहज महसुस हुन्छ । त्यसैले सुत्नु अघि यी सब्जी खानुहुँदैन ।

चिज – चिजको सेवन रातको खानामा गर्नु हुँदैन, किनभने यसमा टायरामाइन र एमिनो एसिड पाइन्छ। यसले पेट दुख्ने र पोल्ने समस्या हुने गर्दछ।

मदिरा – हुन त मदिराको सेवनले राम्रो निन्द्रा लाग्छ भनिन्छ, तर यसले शरीरमा नकारात्मक असर गर्दछ र बिस्तारै बिस्तारै निन्द्रा नलाग्ने समस्या सुरु हुन थाल्छ ।

कफी – कफी पिउनु मानिसको बानी मात्र नभई एक किसिमको नशा पनि हुन्छ । कफीमा क्याफिन नामक तत्व पाइन्छ, जसले निन्द्रमा नकारात्मक प्रभाव पर्ने गर्दछ । सुत्नु अघि कफीको सेवनले मानिसलाई धेरै बेर निन्द्रा नलाग्न सक्छ र शरीरको सिस्टम नै बिग्रिन सक्छ ।

डार्क चकलेट – डार्क चकलेटमा क्याफिन र एमिनो एसिड दुवै पाइन्छ । जसले शरीरलाई निकै ऊर्जा दिने हुनाले डार्क चकलेट्को सेवन दिउँसो मात्र गरेको राम्रो हुन्छ ।

सुन्तलाको जुस – सुन्तलाको जुस शरीरका लागि निकै नै फाइदाजनक हुने गर्दछ । बिहान ब्रेकफास्टमा पिउँदा भरपुर ऊर्जा मिल्ने गर्दछ । तर सुत्नु अघि यसको सेवनले निन्द्रा नलाग्ने समस्या निम्त्याउन सक्छ ।

रातो मासु – रातो मासुमा अत्यधिक प्रोटिन पाइन्छ, जुन बेलुका मानव शरीरलाई पचाउन निकै बेर लाग्छ । जसले सुत्ने बेला अप्ठ्यारो हुनुका साथै निन्द्र नलाग्ने समस्या हुन थाल्छ ।

टमाटरको सस – टमाटरको सस प्रायजसो मानिसले निकै रुचाउने गर्दछन् । यसमा धेरै मात्रामा एसिडिटी भएको कारण खाएपछि कहिले काहीँ अपच हुने र छाती पोल्ने समस्या हुन सक्छ ।

मसलेदार खाना – रातिको समयमा मसलेदार खाना उपयुक्त हुँदैन । यसले शरीरमा पित्तको मात्रा बढाउँछ । मरिच र अन्य यस्तै मसला भने स्वास्थ्यका लागि राम्रै मानिन्छन् । तर अत्याधिक मसलेदार खाना रातिमा परहेज गर्नु नै उपयुक्त हुन्छ ।

पानी – राती अत्याधिक पानी पिउनाले पटक पटक शौचालय जानु पर्ने हुन्छ, जसले निन्द्रा खराब हुनसक्छ । त्यसैले पानी दिउँसोको समयमा पिएको राम्रो हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार