नेकपा खारेजको फैसलाविरूद्ध रिट दिएर फर्किए प्रचण्ड

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेर फर्किएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको रिट लिएर उनी अदालत पुगेका हुन् ।

प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल र मातृका यादव लगायत नेताहरु तथा कानुन व्यवसायीहरु नेकपा एकता बदरको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन सर्वोच्चमा गएका थिए ।

यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो ।

स्थायी कमिटी सदस्य र कानुन व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानुन व्यवसायीले सर्वोच्चले नेकपा एकीकरण सम्बन्धमा पुनरावलोकनमा जान सुझाव दिएपछि माओवादी केन्द्रले उक्त निर्णयमा पुगेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार