लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाइयो

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि अधिवेशन बोलाइएको हो । लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले सरकारविरूद्ध मंगलबार अविश्वास प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

सरकारविरूद्ध विपक्षी गठबन्धनले बुझाएको अविश्वास प्रस्ताव यो तेस्रो पटक हो । यसअघि विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार