शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रेग्मीलाई आयोगको अध्यक्ष बनाएको हो । आयोगका सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरिएको छ ।

Loading...