डा. जागेश्वर गौतमको सरुवा सदर, अन्यको स्थगित

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा भएको छ ।

उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मा समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री उमेश श्रेष्ठले गरेको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीको सरुवा गर्ने निर्णय बुधबार स्थगित गर्न निर्देशन दिएका हुन् ।

डा. गौतमको सरुवासँगै राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जनलाई वीरको प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको थियो । तर अब डा. भुपेन्द्रलाई पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार