मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक

नेपाल पक्ष अनुपस्थित

बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक बसेको छ । सरकार सञ्चालन तथा मन्त्रिमण्डल विस्तारबारे सोमबार बिहान बालुवाटारमा कार्यदलको बैठक बसेको हो ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठकमा कांग्रेसको तर्फबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देव गुरुङ छन् । यस्तै जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय सदस्य छन् ।

आजको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएका छैनन् । तर आइतबार भएको बैठकमा भने नेता नेपालनिकट बिजय पौडेल सहभागी थिए ।

सत्ता गठबन्धनमा सामेल जसपा र माओवादी केन्द्रले अहिलेसम्म मन्त्रीको नाम सिफारिस गर्न सकेका छैनन् । यस्तै एमाले माधव नेपाल समूहले भने सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार