प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका केही व्यक्तिले प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका छन् ।

आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादीको पछि लागेर एमालेका केही नेताहरूले दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका हुन् । उनले व्यक्तिगत अहङ्कार र जिद्धिको कारण नै कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र प्रतिगमन ल्याउने खेल भएको बताएका छन् ।

प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन भएको उनको भनाई छ । ओलीले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा र अदालतमा गएर हस्ताक्षर गरेको जिकिर गरेका छन् ।

अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभई कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने पनि बताए । उनले मुलुकको विकास र शुसानका लागि कम्युनिस्ट सरकार नै चाहिने धारणा ब्यक्त गरे । ओलीले सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न नदिएको भन्दै नयाँ सरकार आउने बित्तिकै दमन र राजनीतिकरण सुरु भएको तर्क गरेका छन् ।

उनले सरकारको गलत कामको खबरदारी र आवश्यक परे प्रतिरोध गर्ने चेतावनी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार