एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बस्ने

नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए । उनले अध्यक्ष ओलीले विघटित कार्यदलको प्रगति विवरण सुनेर आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए ।

स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार