सल्यानमा करेन्ट लागेर ट्रक सहचालकको मृत्यु

सल्यानको कपुरकोट गाउँपालिकाको किमुचौरमा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका वडा नं. १४ का २५ वर्षीय विमल भण्डारीको करेन्ट लागेर शुक्रबार बेलुका मृत्यु भएको छ ।

रा १ ख २४२७ नम्बरको ट्रकमा तुलसीपुर लैजानका लागि लोड गरिएका मुढालाई डोरीले बाँध्नका लागि छतमा चढेका बेला बिजुलीको तारले सहचालक भण्डारीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर भण्डारीलाई कपुरकोट स्वास्थ्य चौकीमा पुर्‍याउना साथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।

नाङ्गो तार र ट्रकमा रहेको फलामको रडबाट करेन्ट प्रवाह हुँदा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार