आफ्नो समूहले अर्को पार्टी खोल्ने एमाले नेता चौधरीको घोषणा

नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने घोषणा गरेका छन् ।

चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफुहरुले त्यो रिस्क मोल्न नचाहेको पनि बताए । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफ्नो समूह छिटै सरकारमा सहभागी हुने स्पष्ट पारे ।

एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो/सम्बन्ध राख्न नहुने उनले बताए । उनले ओलीलाई आफूहरुले करेक्सन गर्न नसकेको र रिजाईनेशन गर्ने ठाउँमा पुर्याउन नसके एउटा प्रोससमा पुग्नैपर्ने भन्दै त्यस्तो अवस्थामा पार्टी फुटाईने संकेत गरेका छन् ।

उनले आफूहरुले एमाले विभाजन गरेर अघि बढ्दा धेरैले साथ दिने दाबी समेत गरे । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमात्रै नभएर नदिने सांसदहरुपनि आफूहरुसँग आउन उनले आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार