रेशम चौधरीको रिहाइबारे वार्ता गर्न सरकारले बनायो वार्ता टोली

सरकारले थारुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेका छन् ।

सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् । थारु समुदायले उठाएका १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको र आजैबाट थारु कल्याणकारिणी सभासँग वार्ता शुरू हुने उनले बताए ।

गृहमन्त्री थापाले केही दिनअघि माइतीघर मण्डलामा गएर थारुका माग पूरा गर्ने आश्वासन दिएका थिए । रेशम चौधरीको रिहाइ लगायत माग गर्दै थारु कल्याणकारिणी सभा आन्दोलनमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार