माधव नेपाल र सुवास नेम्वाङबिच भेटवार्ता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संसदीय दलका नेता सुवास नेम्वाङले भेटेका छन् । एमाले कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्ताव कार्यान्वयन गर्नेबारे नेपाल र नेम्वाङबीच छलफल भएको हो । नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्
। नेता नेपालको निवास कोटेश्वरमा डेढ घण्टा भएको छलफल भएको थियो । सो क्रममा नेम्वाङले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका थिए ।

नेम्वाङका अनुसार माधव नेपालले सकारात्मक प्रतिक्रिया दिएका थिए । नेम्वाङले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर एकता टुंगोमा पुर्‍याउन आग्रह समेत गरेका थिए ।

यसअघि प्रतिवेदन बुझ्दै नेता नेपालले नेम्वाङ र विष्णु पौडेलसँग कुराकानी गरेर मात्रै एकताबारे ठोस जवाफ दिने बताएका थिए । बिहीबार नेम्वाङलाई भेट्न समय दिएका नेता नेपालले शुक्रबार पौडेलसँग भेट्ने तयारी गरेका छन् ।

यस्तै नेपाल यसअघि नै आफू निकट स्थायी कमिटी सदस्यहरुको बैठकमा महाधिवेशनसम्म दोस्रो अध्यक्ष राखेर एकता गर्न सकिने प्रस्ताव समेत गरेका थिए । उनले यसका लागि झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई दोस्रो अध्यक्ष बनाएर महाधिवेशन गराउन सकिने प्रस्ताव अघि सारेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार