नेपालमा संक्रमितको संख्या बढ्दै, बिहीबार थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यसैबिच बिहीबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ५५ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ३५ र ४ हजार ६ सय ८७ एन्टीजेन परिक्षणका क्रममा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको छ ।

त्यस्तै थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म ९ हजार ८ सय ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप १ हजार ३ सय ७३ संक्रमित निको हुँदा हालसम्म ६ लाख ५० हजार ४४५ संक्रमित निको भएका छन् ।

हाल ३० हजार ३९० सक्रिय संक्रमित आइशोलेशनमा र ३७९ जना क्वारेन्टाइनमा छन् । हालसम्म ३५ लाख ८४ हजार ४१९ पिसिआर र ३ लाख ९ हजार २ सय ३३ वटा एन्टीजेन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार