पूर्वमाओवादी नेताको रिट हेर्न नभ्याइने सूचीमा

सांसद पद पुनर्बहालीको माग गर्दै रिट दायर गरेको पूर्वमाओवादीका चार नेताको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो । पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु माओवादीमै रहेको र गैरकानुनी ढंगले कारबाही गरेको भन्दै सांसद पद पुनर्बहालीको माग गर्दै बुधबार रिट दायर गरेका थिए ।

उनीहरु चारै जनाको रिटको पेशी बिहीबार तोकिए पनि अन्तिममा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ।

उनीहरुलाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार