नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन्।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र ‘प्रचण्ड’बीच भेटवार्ता थियो । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल थियो ।

प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर भेटेका प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

यसअघि बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । सोक्रममा माधव पक्षले पार्टी एकताकै लागि प्रयास गरिरहेको भन्दै तत्काल सरकारमा आउने सम्भावना नरहेको जानकारी प्रधानमन्त्री देउवालाई गराएको थियो । नेपाल पक्षबाट सहभागी डा. विजय पौडेलले तत्काल सरकारमा सहभागी हुने सम्भवना नरहेको बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार