सरकारमा केही दिनपछि मात्र सहभागी हुने जसपाको निर्णय

जनता समाजवादी पार्टी नेपालले सरकारमा केही दिनपछि मात्र सहभागी हुने निर्णय गरेको छ ।  बुधवार तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले सरकारमा सहभागीका लागि सैद्धान्तिक छलफल गरेपछि मात्रै आवश्यक निर्णयमा पुगिने निष्कर्ष निकालेको हो ।
जसपाले गठबन्धनलाई सहयोग गर्दै साझेदारका रूपमा सरकारमा सहभागी हुने भन्दै सरकारमा कसरी र कहिले सामेल हुने भन्ने बारे सैद्धान्तिक छलफल गरेपछि मात्रै टुङ्गो लाग्ने जसपा नेता डम्बर खतिवडाले जानकारी दिएका छन् ।
सरकारमा सहभागीका लागि अन्तिम निर्णय हुन केही दिन लाग्ने उनले बताए । त्यस्तै बैठकले पार्टीको नियमावली अनुमोदन गरेको खतिवडाले बताए । त्यस्तै अन्य पार्टीबाट जसपामा समाहित भएका नेपाल लोकतन्त्र पार्टी, नेकपा एकीकृत मास्कवादी र लिम्बुवान राष्ट्रिय मञ्चसङ भएको सहमतिलाई बैठकले अनुमोदन गर्दै उक्त दलका नेताहरूलाई जसपामा विभिन्न जिम्मेवारी दिइएको नेता खतिवडाले बताएका छन् । बैठक बिहीबार ११ बजे पुन बोलाइएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार