बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो ।

बुढाथोकीका अनुसार चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो निभाउनका लागि पानी ट्यांकरहरु पनि परिचालन गरिएको छ । आगलागी कसरी सुरू भएको खुलिसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार