बुधबार थप ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ८५९ जना थपिए

३३ जनाको मृत्यु

नेपालमा बुधबार थप ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १० हजार ८८६ पिसिआर परिक्षणका क्रममा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा १ हजार २ सय ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेल जानकारी दिए । यो संगै कोरोना संक्रमितको संख्या ७ लाख ४६ हजार ६ सय ५७ पुगेको छ ।

त्यस्तै थप ३३ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रवक्ता डा।पौडेलका अनुसार हालसम्म नेपालमा ९ हजार ७ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १हजार ९९३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४९ हजार ७२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमितमध्ये ८५९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ५५९ ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

यस्तै अहिलेसम्म नेपालमा ३५ लाख ७४ हजार ८६४ वटा पिसिआर परिक्षण तथा ३ लाख ४ हजार ५४६ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार