माओवादीले सांसदबाट पदमुक्त गरेका नेताद्वारा सर्वोच्चमा रिट दायर

भोलिलाई पेसी तोकियो

नेकपा माओवादीको कारबाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा संसद सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरु परमादेशबाट सांसद पदमा पुनर्वहाली माग गर्दै अदालत गएका हुन् । सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले अदालत गएका हुन् ।

सर्वोच्च अदालतले उनीहरुको रिटमाथिको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार