गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भउको छ । मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भउको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य सात जना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसप) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन लागिएको एसपी भट्टराईले बताए । दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार