एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने

नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । बुधबार मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाल पक्षबाट सहभागी डा. विजय पौडेलले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा.विजय पौडेल सहभागी थिए ।

आजको बैठकमा गठबन्धनका नेताहरूले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए। सोही क्रममा बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए ।

बैठकमा सहभागी पौडेलले पार्टी एकताकै लागि प्रयास गरिरहेको भन्दै तत्काल सरकारमा आउने सम्भावना नरहेको प्रधानमन्त्री देउवालाई बताएका छन् ।

यसअघि एमालेका २२ जना सांसदले गत साउन ३ मा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार