साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको हो ।

बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार