सत्ता गठबन्धनको बैठक : मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ ।

एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको  हो । बैठकमा मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा छलफल भएको छ। साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी थिए। जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।

यस्तै सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहबाट डा. विजय पौडेल सहभागी थिए। गठबन्धनबाट सरकारका न्युनतम कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार