बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, नेपाल पक्ष पनि सहभागी

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहको समेत प्रतिनिधित्व छ । मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्न गठबन्धन बैठक बसेको हो। देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।

यसअघि शनिबार बसको गठबन्धनको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित भएका थिए । सर्वोच्च अदालतले फैसला गरेपछि आफू गठबन्धनमा नरहने उनले बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार