कालिकोटमा भेटिए मृत्युको हल्ला फिँजाइएका विजय शाही

आफूलाई  ‘मेमोरी किङ’ भएको दाबी गर्ने  विजय शाही कालिकोटमा भेटिएका छन् । सामाजिक सञ्जालमा शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ ।
खोजविनका क्रममा उनी कालिकोटमा सकुसल अवस्थामा रहेको प्रहरीले जनाएको छ । शाहीबारे फेसबुकमा आएको सामग्री झुटो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फेसबुकमा आएको पोस्टबारे पनि अनुसन्धान भइरहेको छ ।  विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए ।  तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ । आफुँलाई  ‘मेमोरी किङ’ बताउने शाही झुटो भएको सार्वजनिक भएसँगै उनी काठमाडौँ छोडेर कालिकोट पुगेका हुन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार