९ शेर्पासहित १९ जनाले गरे केटु हिमालको सफल आरोहण

९ जना शेर्पासहित १९ जना आरोहीले विश्वकै दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको आठ हजार ६१० मिटरको माउन्ट केटुको मङ्गलबार बिहान सफल आरोहण गरेको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर प्रालिका निर्देशक लाक्पा शेर्पाले जानकारी दिए ।

समर सिजनमा आरोहण गरिने केटु हिमालमा यस वर्ष नेपाली कम्पनीका तर्फबाट आरोहण आयोजना भएको थियो । आरोहण गर्ने चार जना युक्रेनी, दुई जना पाकिस्तानी, चार जना अन्य देशका र नौ जना शेर्पा गाइड रहेको शेर्पाले जानकारी दिए । आरोहणको नेतृत्व गरेका गाइड शेर्पाका अनुसार भारी हिमपात र खराब मौसमका बाबजुद पनि चुचुरो पुग्न सफल भएको बताए ।

केटु आरोहण गर्ने नेपाली शेर्पा गाइडहरुमा लाक्पा शेर्पा, मिङदोर्ची शेर्पा, पेम्वा रीता शेर्पा, ल्हाक्पा ग्याजेन शेर्पा, मिङमा दोर्ची शेर्पा, छिरिङ नाम्गेल शेर्पा, पेम्वा दोर्ची शेर्पा र टासि शेर्पा छन् । आरोहण टोलीमा पहिलो युक्रेनी महिला आरोही बनेकी आर्याना, पाकिस्तानकै कम उमेरमा आरोहण गर्ने स्योरोज लगायत छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार